काठमाडौं, २४ बैशाख । राजधानीको बागबजार टुकुचास्थित पुल भत्किदा आवत–जावत अवरुद्ध भएको छ ।
पुतली सडक र पुरानो बर्षपार्क तर्फ आउने सवारी साधन हिडडुलमा प्रभावित भएको छ। स्थिानीय वासिन्दाका अनुसार पुल पुरानो र उक्त पुलको क्षमताभन्दा बढि लोडका सवारी साधनहरू चलाएकाले भत्कीएको बताउछन् ।
काठमाडौं महानगरपालिका भित्र मेलम्चीको पानि र सडक बिस्तारको कामले राजधानीवासीलाई सताएको बताउदै एक स्थानियले भने ‘राजधानी धुवाधुलो र फोहोरबाट ग्रसित त थियो नै त्यसैमाथि यस्ता पुलहरू भत्किदा झनै समस्यामा पारेको छ, यसमा सरकारसँगै सम्वद्ध पक्षले चासो दिनुपर्छ ।
पैदल यात्री र सवारी साधनका लागि खतरा हुने भएकोले भत्किएको ठाउँलाई घेरा हाली राखिएको छ भने उक्त ठाउँलाई ट्राफिक प्रहरी र म्यादी प्रहरीको निगरानीमा राखिएको छ ।