Logo

अदालतले निहुँ खोजे, संसद चुप लागेर नबस्ने प्रचण्ड र देउवाको निर्णय



काठमाडौं, २४ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेश आएपछि कसरी अघि बढ्ने भन्ने विषयमा नयाँ सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवावीचको आन्तरिक छलफलमा अदालतले संसदको क्षेत्राधिकार मिचेको निश्कर्ष आएको छ । त्यस्तै उनीहरुवीच अदालते निहुँ खोजे आफूहरु पनि चुप लागेर नबस्ने सहमति भएको छ ।

सत्तारुढ दलवीच कसैको हार जित नहुनेगरि महाअभियोग र अदालतको आदेशपछि उत्पन्न समस्यालाई टुँगो लगाउने पनि सहमति भएको छ ।

प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध विधिवत रुपमा महाअभियोग प्रस्ताव आएकोले संसदले आफ्नो अधिकार उपयोग गर्न पाउनुपर्ने पनि उनीहरुको जोड रहको छ ।

तर दुई नेतावीच अहिले धैर्यता अपानाउनुपर्ने बेला भएको भन्दै चुनावमा मुखमा दलहरुवीच फाटो ल्याउने र न्यायापालिका र व्यवस्थापिकावीच द्धन्द्ध चर्काउन नहुने सहमति भएको छ । वार्ता तथा सम्वादको लागि समय चाहिएकोले सत्तारुढ दलकै आग्रहमा सभामुख ओनसरी घर्तीमगरले जेठ ४ गतेसम्मको लागि संसद बैठक स्थगित् गरेकीछिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot