![](https://reportersnepal.com/wp-content/uploads/2017/05/20170506T063443Z_1_LYNXMPED4502L_RTROPTP_3_SOCCERENGLANDTOTARS-1-900x600.jpg)
काठमाडौं, २५ बैशाख । इङ्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । आइतबार राति आफ्नै मैदानमा खेलेको आर्सनलले जोजे मौरिन्होको म्यानचेस्टर युनाईटेडलाई २-० ले हराएको हो ।
खेलमा आर्सनललाई विजयी गराउन ग्रानिट झाका र ड्यानी वेल्बेकले एक/एक गोल गरे । जितसँगै आर्सनलले तालिकाको शीर्ष चारमा उक्लिने सम्भावना जिवित राखेको छ ।