Logo

ओबोरमा हस्ताक्षर गर्ने निर्णयले नेपालको विकासको ढोका खोलिदिएको छ : टंक कार्की, पूर्वराजदुत



चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले चीनले अघि सारेको वान बेल्ट, वान रोड ओबोरमा नेपालले हस्ताक्षर गर्ने निर्णय गरेको विषयलाई सकारात्मक र उल्लेखनीय कदम भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् । उनले नेपाल, भारत र चीनवीच त्रिदेशीय साझेदारी भए नेपालले छिट्टै आर्थिक समृद्धि हाँसिल गर्नेसमेत विश्वास लिएका छन् । उनले भनेका छन्,‘नेपालको रिर्सोसेस, भारतीय बजार र चीनीयाँ पुँजी र प्रविधिको ईन्ट्रिगेशन गर्न सकियो भने नेपालको विकास खाली कोरा सपना मात्रै हुँदैन् । यी तीन वटा कुराकानीहरु मिलाउनसक्नुपर्छ ।’ यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेपाली बहसका लागि कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश स्

चीनसँग नेपालले ओबीआरमा हस्ताक्षर गर्ने निर्णय गरेको छ, यसका फाईदाहरु के के हुन ?

ओबोर नेपाल–चीन सम्बन्धका दुई वटा आधारहरु खासगरेर एउटा चिनियाँ चासो भनेको उनीहरुले ओबोरको माध्यमबाट आफ्ना विकासलाई अरुतिरपनि साँट्न चाहिरहेका छन् ।

उसो भए ओबोरमा हस्ताक्षर भएपछि नेपाललाई फाईदा हुन्छ ?

शंकै छैन नि ।

ओबोरबाट नेपालले लाभ लिने विषयहरु केरके हुन ?

ओबोर भनेको ईन्भेष्टमेन्टपनि हो । सबै क्षेत्रमा ओबोरको फाईदाहरु छन् । चाहे त्यो कनेक्टिभिटिमा होस्, या लगानी होस, या प्रविधि हस्तान्तरण होस् । यी धेरै कुराहरुमा फाईदा छन् ।

कनेक्टिभिटिमा नेपाललाई यसले धेरै फाईदा गर्छ हो ?

नेपाल अहिले आफ्नो विकासको आकांक्षाको निम्ति, आकांक्षा एउटा कुरा हो, तर अहिले हाम्रो अवस्था भनेको साधनविहीनता हो । त्यसलाई परिपूर्ति गर्ने क्षमता उनीहरु राख्दछन् ।

देशलाई विकासको बाटोमा अघि बढाउनुपर्छ, अब नेपालले भारत र चीनबाट लिनसक्ने फाईदाहरु के/के हुन ?

नेपालको रिर्सोसेस, भारतीय बजार र चीनीयाँ पुँजी र प्रविधिको ईन्ट्रिगेशन गर्न सकियो भने नेपालको विकास खाली कोरा सपना मात्रै हुँदैन् । यी तीन वटा कुराकानीहरु मिलाउनसक्नुपर्छ ।

तर अहिलेसम्म मिलाउन सकिएन नि ?

अब मिलाउन नसक्नु त यसमा हाम्रो संरचनात्मक समस्याहरुपनि रहे होलान् । त्यस्तै हाम्रो संयन्त्र प्रभावकारी नभएर पनि होला । नेतृत्वले त्यसमा समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको होला । अब अर्को कुराकानी के भने हामीले के बिर्सिनुहुँदैन भने हामी लामोसमयसम्म हाम्रो आन्तरिक राजनैतिक प्रणालीलाई व्यवस्थापन गर्नमै लाग्यौं । आम रुपमा हामीले त्यो प्रणालीलाई आत्मसात् गरिसकेका छौं । एकिन गरेका छौं । अब हाम्रो प्राथमिकता भनेको दुई तीन वटा कुरामा होलाजस्तो मलाई लाग्छ । अब हाम्रो प्राथमिकता भनेको आर्थिक–सामाजिक विकास नै हो । हो, यो चाहनालाई पूरा गराउनको लागि हामीसँग रहेको रिसोर्सको कमीलाई मिट गर्ने उपायहरु खोज्ने हो ।

नेपालको चाहना भनेको नै कनेक्टिभिटि हो नि ?

जमानादेखि नै हामी भार र चीनको बीचमा पुलकै काम गर्दै आईरहेका थियौं । उताका चिजहरु तल आउँथे । तर तलका चिजहरु माथि जान्थे । त्यसले हामीलाई पनि लाभ हुन्थ्यो । हो, त्यही कुराहरुलाई पूनः लागु गर्नुपर्छ । हाम्रो कोशिस भनेको हो ।

उसो भए नेपाल, भारत र चीनवीच त्रिदेशीय साझेदारी गर्नुपर्छ भन्न खोज्नुभएको हो ?

नेपालको आफ्नो पोजिशन भनेको भारत र चीनकोबीचमा मेल गरेर जानुपर्छ । हामी हाम्रो हित देख्छौं । हामी प्रष्ट हुने कुराकानी के हो भने चीनसँग सम्बन्ध बनाउँदा भारतसँग पनि राम्रो सम्बन्ध कायम राख्नुपर्छ । त्यस्तै भारतसँग चीनसँग सम्बन्ध बनाउँदापनि चीनसँगको सम्बन्ध कायम राख्नुपर्छ ।

अहिलेको प्रधानमन्त्रीले तीन देशसँगै सम्बन्ध सुमधुर राख्न सक्नुभएको छ त ?

यो दिशामा उहाँले राम्रो काम गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाँदा उहाँले यो सम्झौता गर्नुभएको हो । उहाँले ठोस रुपमा आफ्नो कमिटमेन्ट कार्यान्वयन गर्नुभएको छ । यो अत्यन्तै सकारात्मक कदम हो ।



प्रतिक्रिया दिनुहोस्