Logo

बडी च्याम्पियनसिप महर्जनलाई खेलकूद संघको सम्मान



बैशाख २७, काठमाडौं । ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनका गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई अखिल नेपाल खेलकूद संघले सम्मान गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा संघले महर्जनलाई सम्मान गरेको हो । महर्जनले सन् २०१६ सेप्टेम्भरमा भुटानमा सम्पन्न ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनमा ७५ केजी तौल समूहमा गोल्ड मेडल प्राप्त गर्नुभएको थियो ।

महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपालले खेलकूदको क्षेत्रमा राम्रो प्रगति गरेको बताउँदै खेलको विकासले युवाहरुको शारीरिक र बौद्धिक विकास तथा देशको गरिमा र स्वाभिमान उच्च हुने बताउनु भयो । सम्मान कार्यक्रममा युवा तथा खेलकूद मन्त्री दलजीत श्रीपाइली र अखिल नेपाल खेलकूद संघका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot