Logo

जनताले भोट हाले भने म जित्छु : तिमल्सिना



भरतपुर, २७ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा चितवनस्थित् भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेद्धवारहरुले आ–आफ्नो जीतको सुनिश्चितता भएको दाबी प्रस्तुत गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपाल चितवन शाखाले आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा प्रमुख दलका मेयर तथा उपेयरका उम्मेद्धवारहरुले आफ्नो जितको दाबी प्रस्तुत गरेका हुन् ।

शाखाका अध्यक्ष राजु चौधरीको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै

राप्रपाका मेयरका उम्मेद्धवार बद्रि तिमल्सिनाले पनि आफ्नो जित सुनिश्चित भएको बताए । उनले आफू विजयी हुनेवित्तिकै भरतपुरमा आकाशे पुल बनाउने वचन दिए ।

उनले अन्र्तराष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने, सडक निर्माण गर्ने, खानेपानी, स्वास्थ्य र शिक्षालाई जोड दिने, भरतपुरलाई मेडिकल सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफू भरतपुर अस्पताल विकास समितिमा रहेर काम गरेको अनुभव सुनाउँदै आगामी दिनमा जनताको मन जित्ने गरि बताए ।

उनले आफूलाई जनताले भोट हाल्ने विश्वास समेत लिए । उनले राप्रपा वैकल्किप राष्ट्रवादी शक्ति भएकोले पनि जनताले विश्वास गर्ने जनाए ।

कार्यक्रममा काँग्रेस र माओवादीकी उपमेयरकी संयुक्त उम्मेद्धवार, पार्वती शाह, एमालेकी उपमेयर दिव्या शर्मा र राप्रपाकी रिना गुरुङ्ले पनि आफ्नो उम्मेद्धवारी र जितको आधार र योजना तथा प्रतिबद्धताहरु सार्वजनिक गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot