Logo

खुशी र शान्तिका लागि नेपाल आइरहने व्यक्ति कोरियामा राष्ट्रपति निर्वाचित



काठमाडौं २८ बैशाख ।
दक्षिण कोरियाका नवनिर्वाचित १९ औं राष्ट्रपति मुन जेए–इन ‘खुशी’ र ‘शान्ति’को खोजीमा नेपाल आइरहने ब्यक्ति हुन् । बुद्धको जन्मस्थलले भन्दा पनि उनलाई नेपालीको बुद्धभाव, मिलनसार र हिमालीले यता तानिएका थिए । उनी नेपाल आउँदा ठूला तारे होटलभन्दा पनि सामान्य ‘होम–स्टे’ तथा गाँउका ‘होस्टेल’ मा गएर बस्न रुचाउथे । उनीनेपालको सुन्दरतालाई नियाल्दै पदयात्रामा निस्कन्थे । बेलाबेलामा नेपालको राजनीतिक विषयमा पनि जिज्ञासु हुन्थे ।

उत्तर कोरियाली शरणार्थीका सन्तति मुन उत्तर कोरियालाई दवावमा राख्दै वार्ताबाट समाधान खोज्ने मध्यमार्गी पक्षधर शान्तिको खोजीकै लागि भन्दै पदयात्राका लागि नेपाल आउने गरेको पनि उनीसँगै पदयात्रामा सहभागि हुने गरेका नेपालीले कान्तिपुरसँग भने । भुकम्पपछि बढि प्रभावित लामटाङ यात्रामा उनले पदयात्रा सँगै भुकम्प पछिको अवस्था हेर्न र आफ्नो तर्फबाट सहयोग गर्न गत बर्षको मे पहिलो साता उनी नेपाल आएका हुन् ।

त्यसको चार बर्षअघि पनि उनी नेपाल आएका थिए । उनले यहाँको दुतावासले जानकारी पाउने गरि नै दुई पटक नेपाल आएको भएपनि जानकारी दिनु पर्ने हैसियत वेगर पनि उनी नेपाल आउने गरेको कूटनीतिक स्रोतले बतायो । उनको प्रत्येक भ्रमण कम्तिमा दुई साताको हुने गरेको थियो । दक्षिण कोरियाली क्षेत्रबाट अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परिचालन प्रति असन्तुष्ट मुन सन् १९७० को दशकमा तत्कालिन सैनिक साशक पार्क चुङ ही विरुद्ध प्रदर्शन गर्दा जेल सजाय भोगेका ब्यक्ति हुन् । जेल यात्रापछि दक्षिण कोरियाको विशेष सुरक्षा बलमा काम गरेका बेला उनी मानव अधिकारको वकालतमा निकै सक्रिय बने । त्यति बेलैदेखि उनी शान्तिको खोजीमा हिड्ने गरेका हुन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot