Logo

बेल्ट वान रोडमा आज हस्ताक्षर



काठमाडौं २९ बैशाख । नेपालले वान बेल्ट वान रोड ओबिओआरमा सहभागिता जनाउने समझदारीपत्रमा अहिले केहीबेरमा हस्ताक्षर गर्ने भएको छ। मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा हस्ताक्षर हुँदै छ । छिमेकी चीनले विकासमा सहकार्य भन्दै अघि बढाएको महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ (ओबर) मा नेपाल आजदेखि औपचारिक सदस्य बन्नेछ ।

परराष्ट्रमन्त्रीको उपस्थितीमा सचिव शंकरदास बैरागी र चिनियाँ राजदुत यु होङले आज बिहान ओबरको ‘फ्रेमवर्क सम्झौता’ मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । सम्झौताका लागि चिनिया विज्ञ टोली हिजो अवेर काठमाडौं आइपुगेको छ ।

परराष्ट्र सचिव बैरागी राष्ट्रपति विद्यादेवी भण्डारीसंगै आज बिहान थाइल्याण्ड र श्रीलंका जान लागेका कारण विमानस्थल पुग्नुअघि हस्ताक्षर गर्ने तयारी गरिएको परराष्ट्र अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot