Logo

मौन अवधिमा मन्त्रीहरुद्धारा नै आचारसंहिता उल्लंघन, कोही पैसा बाँड्दै त कोही भोट माँग्दै



काठमाडौं, ३० बैशाख । भोलि आईतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले हिजो १२ बजेरातिदेखि नै मौन अवधि लगाएको छ । तर यो मौन अवधिमा पनि सरकारका प्रभावशाली मन्त्रीहरुले नै आचारसंहिता उल्लंघन गरेका छन् ।

शनिबार विहानमात्रै स्वास्थ्यमन्त्री गगन थापालाई कपनमा एमाले कार्यकर्ताहरुले भोट माँगेको भन्दै उनको विरुद्धमा चर्को नाराबाजी गरेका छन् । त्यतिमात्रै नभएर उनीमाथि दुर्व्यवहार गरेका छन् । निजी गाडी चढेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले दुर्भव्यवहार गरेका हुन ।

मन्त्री थापाका प्रेस सल्लाहकार जीवन भण्डारीका अनुसार मन्त्री थापा आफ्ना हजुबुवालाई भेट्न पुगेका थिए । थापा आज आफ्नो नीजी सवारीमा पुगेका थिए । उनले भने,‘उहाँ निर्वाचनको लागि भोट माँग्न जानुभएको होईन, तर एमालेका गैर–राजनैतिक चरित्र बोकेका एमाले कार्यकर्ताहरुले यस्तो हर्कत देखाए।’ एमालेको गैराजनितिक व्यवहार भएको उनले आरोप लगाए ।

त्यस्तै भण्डारीले मन्त्री थापाले संयमित भएर कुनै अप्रिय घट्ना नघटोस भन्नको लागि उक्त क्षेत्रबाट घर फर्किएको जानकारी दिए । उनले भने,‘काँग्रेसका कार्यकर्ताहरु प्रतिकारमा उत्रिए नराम्रो हुने भन्दै मन्त्रीज्यू घर फर्किनुभएको हो।’

निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुर्व्यवहार गरेका हुन् । यसबारे एमालेले निर्वाचन आयोगलाई समेत उजुरी दिएको स्थानीय एमाले कार्यकर्ताले बताए ।

त्यस्तै काँग्रेसबाट नै सरकारमा प्रतिनिधित्व गर्ने अर्का मन्त्री रोमी गौचन थकालीपनि कार्यकर्ताहरुलाई पैसा बाँडेकोमा मुस्तांकको जोमसोममा रंगेहात पक्राउ परेका छन् । उनीविरुद्ध स्थानीय अन्य पार्टीका कार्यकर्ताहरुले चर्को नाराबाजी गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्