Logo

प्रदेश नम्वर ६ को सल्यानमा भोलि हुने मतदानको तयारी तिव्र



शरद रेग्मी/बिमल गौतम: सल्यान खलंगा ,३० वैशाख । पहिलो चरणको स्थानिय तह निर्वाचन आउन एक दिन मात्र बाकि रहदा प्रदेश नम्वर ६ को सल्यानमा तयारी तिव्र पारिएको छ । भोलि वैशाख ३१ गते हुने मतदानका लागी मतदान स्थलको ब्यवस्थापन तथा मतदानको तयारि तिव्र पारिएको निर्वाचन कार्यालयले जानकारि दिएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागी गाउँ गाउँमा पुगेका कर्मचारिहरुले आज बिहानै देखि मतदान स्थलको ब्यवस्थापन गर्ने काममा खटिएको सल्यानका मुख्य निर्वाचन अधिकृत माधवेन्द्र रेग्मीले जानकारि दीनुभयो । रेग्मीेका अनुसार कर्मचारिहरुले आज पनी मतदाता पचिय पत्र बितरणको काम समेत गरिरहेका छन । भोलिको मतदानलाई लक्षित गरि मतदान स्थलमा डोरि लगाउने तथा महिला पुरुषहरुका लागी लाईन र मतदानका लागी गोप्य स्थान बनाउने काम तिव्र रुपमा भै रहेको छ ।

सल्यानमा १० वटा स्थानिय तहको लागि भोलि मतदान हुदै छ । ७ वटा गाउँ पालिका र ३ वटा नगर पालिका रहेको जिल्लामा एक लाख २५ हजार ५ सय ५२ जना मतदाता रहेको निर्वाचन कार्यालयले जानकारि दिएको छ । त्यसैगरि जिल्ला भरमा १ सय ११ मतदान स्थलमा १ सय ७५ वटा मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

त्यसैगरि जिल्ला भर निर्वाचन सम्पन्न गर्नका लागी एक हजार ४० जना कर्मचारि खटिएको प्रमुुख जिल्ला अधिकारि भरत वुढाथोकिले जानकारि दिनुु भयो । निर्वाचन रिपोटिङका क्रममा सल्लान पुगेका पत्रकार हरु संग कुरा गर्दै प्रजिअ वुढाथोकिले निर्वाचनलाई शान्ति पुर्ण रुपमा सम्पन्न गर्नका लागी प्रत्येक मतदान केन्द्रमा १५ देखि २० जना नेपाल प्रहरि तथा म्यादि प्रहरिलाई खटाईएको बताउनुभयो ।

त्यसैगरि मतदातालाई पुर्ण सुरक्षाको प्रत्याभुति प्रदान गर्नका लगाी नेपाली सेना तथा शसस्त्र प्रहरिले समेत सुरक्षा दिई रहेको जानकारि दिनुभयो । त्यसैगरि निर्वाचन सुरक्षालाई मध्यनगर गरेर हिजै देखि सल्यान प्रवेश गर्ने ९वटै नाकाहरुमा चेकजाचमा कडाई गरिएको प्रजिअ वुढाथोकिले बताउनु भयो ।

त्यसैगरि प्रजिअ वुढाथोकिले मतदात पश्चात गरिने मतगणणा स्थलको समेत ब्यवस्थापनको काम भै रहेको बताउनु भयो । सवै मतगणणा स्थलहरुमा वत्ति लगाएत अन्य सुरक्षाको प्रवन्धको काम र मतपेटिकाहरुको ढुवानिका लागि समेत सुरक्षा प्रवन्ध मिलाएको बताउनु भयो ।

लामो समय पछि हुन लागेको स्थानिय तह निर्वाचनमा मतदानका लागी मतदान गर्न मतदाताहरु भने उत्साहित वनेका छन । त्यसैगरी उम्मेदवाहरु समेत उत्साहका साथ निर्वाचनमा सहभागि भै रहेका छन, भने उनीहरुले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न लागि परेका छन । जसका लागि उम्मेदवारहले सवै खालका रणणितिहरु अपनाएका छन ।

यसैबिच सल्यानका प्रमुख जिल्ला अधिकारी भरत वुढाथोकिले भोलि ३१ गते हुने स्थानियतह निर्वाचनमा ढुक्क भएर मतदान गर्न जिल्ला बासिहरुलाई आग्रह गर्नु भएको छ । लामो समय पछि हुन लागेको स्थानिय तहको निर्वाचन ऐतीहासिक भएको भन्दै निर्धक्क भएर मतदान गर्न आग्रह गर्नु भएको हो ।

पत्रकारहरु संग कुरा गर्दै प्रजिअ वुढाथोकिले निर्वाचनलाई लक्षित गरेर सवै सुरक्षा निकाय परिचालन गरिएको भन्दै सुरक्षाका कारण कोहि कसैलाई मतदानबाट वञ्चित हुन नदिने बताउनु भयो ।

मतदाताहरुलाई पुर्ण सुरक्षाका साथ मतदान गर्ने बातावरण वनाउने कार्यमा आफु लागेको भन्दै सवैलाई मतदानमा सहभागि हुन आग्रह गर्नु भयो । उहाँले जिल्लामा निर्वाचनका लागी सुरक्षा चुनौति रहेको भन्दै चुनौति संग सामना गर्न आफुहरुले सुरक्षा रनणिति बनाएर अगाडि वढेको बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot