Logo

भोलि हुने निर्वाचनमा सबैलाई सहभागी हुन निर्वाचन आयोगको अपिल, सानातिना छिटपुट घट्नाले निर्वाचन भाँड्न नसक्ने प्रमुख आयुक्त यादवको दाबी



काठमाडौं, ३० बैशाख । निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी भैसकेकोले निर्धक्क भएर निर्वाचनमा सहभागिता जनाउनको लागि आग्रह गरेका छन् ।

शनिबार निर्वाचन आयोगको मिडिया सेन्टरमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी भएकोले ढुक्क भएर सबैलाई भोलि हुने निर्वाचनमा सहभागिता जनाउन आग्रह गरेका हुन् ।

उनले भने,‘’स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्र्तगर्त तीन वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको भोलि आईतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जानकारी गराउन चाहन्छु।’

त्यस्तै उनले भोलि हुने निर्वाचनमा ६ हजार ६४२ मतदान केन्द्रमा आवश्य पर्ने सम्पूर्ण तयारी आयोगले गरिसकेको समेत जानकारी दिए ।

यादवले निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था समेत भएको बताउँदै ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो अमुल्य मत सातजना उम्मेद्धवारलाई प्रदान गर्न समेत अपिल गरे ।

उनले निर्वाचन गोप्य मतदानको प्रक्रियाद्धारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा निर्वाचन हुन गैरहेको जानकारी दिँदै यसको लागि कुल ४९ हजार ३३७ उम्मेद्धवार चुनावी प्रतिष्पर्धामा रहेको समेत जानकारी दिए ।

निर्वाचन आचारसंहिता विपरित मौन अवधिमा पनि चुनावी प्रचारप्रसार गरेको प्रमाणित भए आयोगले सबैलाई कारबाही गर्ने चेतावनी दिएको छ। प्रमुख आयुक्त डा. यादवले भने,‘आधारसहित प्रमाण दिनुहोस्, हामी छोड्दैनौं, मन्त्री भएपनि हामी कारबाही गर्छौं।’

उनले मौन अवधिमा मौन अवधिमा कसैले भोट माँगेको छ भने आयोगले नेपाल सरकार मन्त्रीहरुलाई पनि कारबाही गर्ने चेतावनी दिए । यद्धपी आयोगले निजी गाडीमा आवातजावत गर्न भने मन्त्रीहरुले पाउने दाबी गरे ।

स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नको लागि आयोग आँतुर रहेको समेत उनले स्पष्ट पारे । निर्वाचनको मुखमा केही–केही ठाउँमा छिटपुट घट्ना घटेको भएपनि यसलाई ठूलो ईस्यु बनाएर अफवाह फैलाउने काम कसैलेपनि गर्न नहुने आयोगको भनाई छ। यादवले चुनाव विथोल्ने चेष्टा नगर्न सबैलाई आग्रह गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot