Logo

ओलीले मौन अवधिमा पत्रकार सम्मेलन गरेको भन्दै निर्वाचन आयोगको आपत्ति, के गर्नेबारे छलफल सुरु



काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिमा आज गरेको पत्रकार सम्मेलनलाई लिएर निर्वाचन आयोगले आपत्ति जनाएको छ। आयोगले ओलीको पत्रकार सम्मेलनलाई लिएर अहिले आन्तरिक छलफल गरेको छ ।

शनिबार अपरान्ह एमाले मुख्यालय धुम्बाराहीमा ओलीले पत्रकार सम्मेलन गरेलगत्तै निर्वाचन आयोगले यस्तो आपत्ति जनाएको हो ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मौन अवधिमा ओलीले पत्रकार सम्मेलन गरेको विषयलाई आचारसंहिता विपरित भएको टिप्पणी गरे । उनले भने,‘यो निर्वाचन आचारसंहिता विपरित हो, पत्रकार सम्मेलनमा पत्रकाहरुपनि जान हुँदैन्थ्यो।’

त्यसतै आयोगका सचिव गोपिनाथ मैनालीले ओलीको पत्रकार सम्मेलनलाई लिएर आयोगका पदाधिकारीहरुवीच अहिले आन्तरिक छलफल भैरहेको बताए । उनले भने,‘मौन अवधिमा पत्रकार सम्मेलन गर्न मिल्दैन, यो आचारसंहिता विपरित छ, यसका बारेमा हामी अहिले छलफल गर्दैछौं, कारबाही हुन्छ।’



प्रतिक्रिया दिनुहोस्