Logo

दुई हजार सवारीसाधन नियन्त्रित



काठमाडौँ, ३१ वैशाख । स्थानीय तह निर्वाचनको मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम मिचेर चलाइएका एक हजार नौ सय ५९ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्वाचन आयोगले अत्यावश्यक, सवारी अनुमति लिएका र सुरक्षाकर्मीका सवारी साधनबाहेक अन्यलाई आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म सवारी साधन चलाउन निधेष गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रहरी निरीक्षक मधुसूदन सिलवालले अपराह्न १ बजेसम्ममा एक हजार आठ सय ३४ मोटरसाइकल, ७६ कार, २८ ट्रक, ८ माइक्रोबस र छ बस नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

आयोगले आचारसंहिता विपरीत सवारी साधान चलाइएको पाइएमा रु २५ हजारसम्म जरिवाना लिन सक्ने व्यवस्था गरेको छ । निषेधित क्षेत्रमा सवारी साधन चलाएमा भने ट्राफिक प्रहरीले रु पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना लिन सक्ने व्यवस्था छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot