Logo

दोलखामा सुरक्षाकर्मीको गोलि प्रहारबाट एकको मृत्यु, मुख्यदलका कार्यकर्ताबीच दोहोरो झडप



काठमाडौं,३१ बैशाख। नेपाल सरकार र सुरक्षा निकायले आजको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्ने भनेर ठोकुवा गरेता पनि देशका विभिन्न स्थानमा मुख्य राजनीतिक दलका कार्यकर्ता बीच झडप भएको छ ।

विहान मतदान शुरु भएदेखि नै तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भैसकेको द्ध भने ११ जना घाईते भएको छन्। मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलु १ छटेश्वर मावी मतदान केन्द्रमा एक जनाको मृत्यु भएको भन्ने खबर आएको छ । उनका अनुसार झडपका क्रममा सुरक्षाकर्मीले चलाएर एकको मृत्यु भएको हो । तर सनाखत हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot