Logo

पत्रकार धमलाद्धारा मतदान



धादिङ, बैशाख ३१ । रिपोर्टर्स क्ल्ब नेपालका सभापति ऋषि धमलाले मतदान गरेका छन् ।

पत्रकार धमालाले निलकण्ठ नगरपालीका शंखादेवी विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । धमला आज विहानै काठमाडौंबाट धादिंङ आईपुगेका हुन् । विहान नेपाली रेडियो नेटर्वकको नियमित कार्यक्रम नेपाली बहस सञ्चालन गरेर धमला मतदानको लागि धादिङ् आईपुगेका हुन् ।

मतदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै धमलाले चुनावलाई उत्सवको रुपमा सबैले लिनुपर्ने बताउँदै लोकतन्त्रलाई संस्थागत गर्नको लागि पनि निर्वाचन अतिआवश्यक रहेको बताए ।

मतदान गर्न लाइनमा रहेका मतदाताहरुले धमलालाई विकासप्रेमी भन्दै पत्रकारितामार्फतपनि धादिंङको विकासको लागि धमलाले उल्लेखनीय भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त गरेका थिए ।

धमलाले आफ्तो गृहजिल्लामा खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा ठूलो योगदान पुर्याएका छन् । धमलाले पनि धादिंङको विकासको लागि आपूmलै कुनै कसर बाँकी नराख्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

धमलाले आफ्नो पहलमा विभिन्न हेल्थ पोष्टको लागि एम्बुलेन्स, करोडौंको खानेपानी योजना पुर्याएका छन् । अहिले पनि खानेपानी परियोजनाका कार्यहरु निर्माणाधिन छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot