Logo

निर्वाचन आयोगले भन्यो,‘७१ प्रतिशत मत खस्यो, निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो’



काठमाडौं, ३१ बैशाख । निर्वाचन आयोगले आज भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत मत खसेको े जनाएको छ ।
आईतबार मतदान सकिएलगत्तै अयोगले निर्वाचन आयोगको प्रेस सेन्टरमा आयोजना गरेर यस्तो जानकारी दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आज भएको पहिलो चरणको मतदानमा जनताको उत्साहजनक सहभागिता रहेको बताए । यादवका ३८३ स्थानीय तह मध्ये २८१ मा भएको निर्वाचनमा समग्रमा ७१ प्रतिशत मत खसेको छ ।

दोलखा, काभ्रे र कोलिकोट गरी तीन केन्द्रको मतदान स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस्