Logo

मतगणना जारी कहाँ को अगाडी ?



काठमाडौं १ जेठ । पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत रातीबाट मतगणना भइरहेको छ।  केही ठाउँमा रातीबाट भइरहेको छ भने केही ठाउँमा आजबाट सुरु हुनेछ । अहिलेसम्मको नतिजा अनुसार सबै ठाउँमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिएको छ । ठूलो प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने देखिन्छ । ललितपुर महानगरपालिकाको मतगणना चलिरहेको छ । एमाले ललितपुरमा अगाडी देखिन्छ । यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका, महाँकाल र कन्ज्योसोम गाउँपालिकामा मतगणना सुरु भएको छ । काठमाडौंको शंखरापुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र कीर्तिपुरमा पनि मतगणना भैरहेको छ । केही ठाउँमा कांग्रेस र केही ठाउँमा एमाले अगाडी छ ।

मनाङको चामे र नाशोङ गाउँपालिका तथा रुकुमको मुसिकोट नगरपालिका, बाँफिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा पनि मतगणना जारी छ ।
नवलपरासीको कावासोती, देवचुली, मध्यविन्दु र गैंडाकोट तथा काभ्रेको वनेपा नगरपालिकामा पनि मतगणना भैरहेको छ ।
सल्यानको शारदा नपामा मतगणना चलिरहेको छ । त्यसमा एमाले अगाडी छ । सबैभन्दा चासोको रुपमा हेरिएको भरतपुर, काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मतगणना आज मात्र हुनेछ ।



प्रतिक्रिया दिनुहोस्