Logo

११ प्रतिशत नेपाली, जसले भोट खसाल्न पाएनन्



काठमाडौं १ जेठ । मुलुकमा निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल जनसंख्याको ११ प्रतिशत मताधिकारबाट बञ्चित हुने देखिएको खबर आजको कारोबारमा छ । आइतबारको निर्वाचनमा मात्रै करिब ५.५ प्रतिशत नेपाली स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित भएको अनुमान गरिएको छ । नेपाल बाहिर हाल ४० लाख भन्दा बढी नेपाली रहेको र तीमध्ये ९० प्रतिशत भन्दा बढी मताधिकारका लागि गोप्य रहेको बताइन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot