Logo

प्रधानमन्त्री प्रचण्डद्धारा राजिनामा दिनेबारे छलफल सुरु



काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजिनामा आजै दिनेकि वा केही दिन पर्खिने भन्नेबारेमा पार्टीका शीर्ष नेताहरुसँगको आन्तरिक छलफलमा जुटेका छन् । उनले आजै विहान पार्टीका प्रभावशाली नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर यसबारेमा छलफल गरेका छन् ।

सत्तारुढ दल नेपाली काग्रेसले पहिलो चरणको निर्वाचन सकिएसँगै अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता छाड्नुपर्ने बताएपछि प्रधानमन्त्री अब के गर्ने भन्नेबारे आन्तरिक छलफलमा जुटेका स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले आजै साँझ राजिनामा दिने मनशाय बनाएका छन् ।

तर उनले मधेशी मोर्चाको माँग सम्बोधन गर्नको लागि पनि संसदमा दर्ता भएको परिमार्जनसहितको संविधान संशोधन विद्येयकलाई यही जेठ ४ गते बस्ने संसद बैठकबाट पारित गराए यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सबैलाई सहभागी गराउने विश्वास लिएका छन् । यसर्थ उनले जेठ ४ गतेपछि नै राजिनामा दिने दोस्रो विकल्प रोजेका छन् ।

उता काँग्रेसले आफ्नो पार्टीसँग भएको भद्र सहमति अनुसार आजै प्रचण्डले राजिनामा दिनुपर्ने बताउँदै आएको छ । काँग्रेस नेता शेखर कोइरालाले पहिलो चरणको स्थानिय तहको चुनाव सकिएकाले अब सहमति अनुसार आजै प्रचण्डले प्रधानन्त्रीबाट राजीनामा दिनुपर्ने बताए ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले अब मधेसी प्रचण्डले सत्ता छाड्नुपर्ने र दोस्रो चरणको चुनाव कांग्रेसले गराउने बताए । मोर्चाको माग पनि कांग्रेसले पुरा गर्ने उनले बताए ।

उनले कांग्रेसको सहमति अनुसार नै प्रचण्ड अगाडी बढ्नुपर्ने र त्यसो नभए चुनाव छाड्नुपर्ने बताए । उपेन्द्र यादाव नेतृत्वको पार्टी चुनावमा गएर ठीक गरेको तर मधेसी मोर्चाले वेठिक गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot