Logo

ला लिगा फुटबल : बार्सिलोनाको शानदार जित



काठमाडौं, १ जेठ।  स्पेनिस ला लिगा फुटबलको उपाधि होड लिगको अन्तिम तिर आइपुग्दा थप रोमाञ्चक बनेको छ । लिग अन्तर्गत आइतबार राति भएका खेलमा शीर्ष स्थानका बार्सिलोना र रियल मड्रिड दुवैले प्रभावशाली जित दर्ता गरेपछि उपाधि होड थप रोमाञ्चक बनेको हो ।

बार्सिलोनाले अवे मैदानमा भएको खेलमा लास पालमसलाई ४–१ ले हरायो । बार्सिलोनको जितमा नेइमारले तीन तथा लुइस स्वारेजले एक गोल गरे । लास पालमसका लागि बिग्यासले एक गोल फर्काए ।

नेइमारले २५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिलाए । बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो ।

६३ औं मिनेटमा लास पालमसका लागि बिग्यासले गोल फर्काए । तर नेइमारले ६७ र ७१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको लिगको एक खेल बाँकी हुँदा ८७ अंक भएको छ । यस्तै दुई खेल बाँकी रहेको रियलको पनि समान ८७ अंक नै छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot