Logo

प्रधानमन्त्री प्रचण्डले पर्सी नै राजीनामा दिने तयारी



काठमाडौं २ जेठ । प्रधानमन्त्री प्रचण्डले पर्सी नै राजीनामा दिने तयारी गरेका छन् । बुधवार बस्ने ब्यवस्थापिका संसदको बैठकमा सम्वोधन गर्ने र त्यही क्रममा राजीनामा दिने गरि तयारी भइरहेको छ । आफू नेतृत्वको सरकारले गरेका उपलब्धिबारे सकेसम्म ४ गते नै सदनलाई जानकारी गराउने र अन्त्यमा राजिनामा दिने स्रोतले बताएको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषालले पनि ४ गते नै पनि राजिनामा आउन सक्ने बताइन । उनले ४ देखि ७ जेठभित्रै संसद्लाई सरकारको काम बारे जानकारी गराउने र त्यही क्रममा राजिनामा दिने बताइन । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै भूषाले सहमति अनुसार नै प्रधानमन्त्रीले सरकार छाड्ने बताइन ।

स्थानिय चुनाव, लोडसेडिङको अन्त्य, आर्थिक वृद्धि, ओबिओआरमा हस्ताक्षरलगायतका कामबारे पनि प्रचण्डले संसदलाई जानकारी गराउने भूषाले बताइन । संविधानअनुसार १५ जेठभित्रै सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा गर्नुपर्ने हुन्छ । नयाँ सरकार बन्ने समय कम भएकाले कामचलाउ सरकारका रुपमा बजेट ल्याउने पनि तयारी छ।



प्रतिक्रिया दिनुहोस्