Logo

४ नगरपालिका सहित ५९ स्थानको नतिजा आयो, कसको कति ?



काठमाडौं ३ जेठ । बैशाख ३१ गते ३४ जिल्लामा सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत मतपरिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म ४ नगरपालिका सहित ५९ स्थानको नतिजा आएको छ ।

पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाम हेर्दा प्रमुख पदमा कांग्रेस अघि देखिएको छ ।

नेपाली कांग्रेस प्रमुख जितेका ठाउँ

१) नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना
२) मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन
३) मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
४) जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत
५) मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
६) मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
७) बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
८) मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
९) जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा
१०) जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल
११) गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ
१२) सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की
१३) दैलेखको ढुंगेश्वर गाउँपालिका – नगेन्द्रबहादुर मल्ल
१४) सल्यानको त्रिवेणी गाउँपालिका – मानबहादुर डाँगी
१५) पर्वतको पैंयू गाउँपालिका – खगेन्द्र तिवारी
१६) नवलपरासीको विनयीत्रिवेणी  गाउँपालिका – डम्बर जिसी
१७) रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल
१८) गोरखाको भिमसेन गाउँपालिका – लिलानाथ लामिछाने
१९) जाजरकोटको बारेकोट गाउँपालिका – महेन्द्र शाही
२०) लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखमा – रमेशकुमार पाण्डे
२१) काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना
२२) जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत
२३) नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा

नेकपा एमाले प्रमुख जितेका ठाउँ

१) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम)
२) स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी
३) डोल्पाको  ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही
४) डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
५) डोल्पाको काइके गाउँपालिका – अंगद राना
६) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
७) मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले
८) मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
९) ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल
१०) सल्यान ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने
११) रसुवा गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ
१२) स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर
१३) स्याङ्जा फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी
१४) जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही
१५) दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का
१६) पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल
१७) तनहुँ देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा
१८) जुम्ला तिला गाउँपालिका–रतननाथ योगी
१९) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा
२०) काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल
२१) दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा
२२) रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल

माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ

१) सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी
२) जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही
३) जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
४) डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
५) हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
६) डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
७) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही
८) सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन
९) ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान
१०) रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन
११) रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम
१२) तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा

स्वतन्त्र दुई

१) मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्र उम्मेद्वार राजु बिष्ट विजयी हुनुभएको छ । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो ।

२) डोल्पाको डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार तेम्बा गुरुङ विजयी



प्रतिक्रिया दिनुहोस्

Screenshot