![](https://reportersnepal.com/wp-content/uploads/2017/05/debi-and-renu-900x600.jpg)
चितवन ३ जेठ । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ ।पछिल्लो पटक प्राप्त मत परिणाम अनुसार देवी ज्ञवालीले २४५९ मत पाएका छन् । माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहालले १६२९ मत पाएकी छन् । राप्रपाका बद्री तिमल्सिनाले १६४ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसकी पार्वती शाहले २०२९ र एमालेकी दीब्या शर्माले २००६ मत पाएकी छन् ।