Logo

८० बर्षका वडाध्यक्ष



काठमाडौं ३ जेठ ।
छोरा नाति र पनाति उमेरका तीन पुस्ताका प्रतिस्पर्धीलाई हराउँदै ८० बर्षीय कर्ण बहादुर खड्का त्रिपुरासुन्दरी गाउँपालिका १ को वडाध्यक्ष निर्वाचित भएका छन् ।

उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका थिए । आजको नागरिकमा खबर छ ।

नाति उमेरका माओवादी केन्द्रका कुमार खत्रीलाई पराजित गरी कार्णबहादुर खड्का दुई सय ७३ मतसहित विजयी भएका हुन् ।

‘धन कमाउनु छैन मर्नु अघि नाम लेखाउने लोभ थियो । मतदाताले बुढेसकालको धोको पूरा गरिदिए ।’ कर्णबहादुरले भने, ‘साँघुरा बाटा फराकिलो बनाउँछु । टोलैपिच्छे मोटरबाटो पुर्याउँछु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot