Logo

यस्तो छ पछिल्लो मतपरिणाम, एमाले ६३ सहितपहिलो



काठमाडौं ४ जेठ । आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । अहिलेसम्म एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा देखिएको छ । बिहान साढे ७ बजेसम्म एमालेले ६३ र कांग्रेसले ६२ स्थानमा जित हाँसिल गरेको छ । माओवादी केन्द्रले २४ ठाउँमा प्रमुख जितिकोे छ । मतगणना भइरहेका चारवटै महानगरपालिकामा एमाले अगाडी देखिएको छ ।

काठमाडौंको शंखरापुर नगरपालिकामा एमाले विजयी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका मोहन बस्नेत विजयी भएका छन् । पर्वतको विहादी गाउँपालिकामा नेकपा एमालेका कमल प्रसाद भुसाल २४ सय २० मतका साथ विजयी भएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एमाले विजयी भएको छ । नवलपरासीमा चार गाउँपालिका र एक नगरपालिकामा कांग्रेसले झण्डा गाडेको छ । बाग्लुङको ढोरपाटन नगरपालिकामा एमाले विजयी भएको छ भने काँग्रेस र एमाले उम्मेदवारले वडा जोगाउन सकेनन् ।

चौथो ठूलो दल राप्रपाले एक तह, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक, एक तहमा आफुलाई सिमित गरेका छन्। स्वतन्त्रले तीन ठाउँमा विजयी हाँसिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot