Logo

चुनाव सुनिश्चित नभई प्रचण्डले कुर्सी नछाड्ने



काठमाडौं ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको चुनाव सुनिश्चित नभई राजीनामा नदिने भएका छन् । दोस्रो चरणको चुनाव सुनिश्चित र यो बिचमा गर्नुपर्ने प्रक्रियाका विषयमा टुङ्गो लागेपछि मात्रे सरकार छाड्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने तर केही कुरा सुनिश्चित हुनुपर्ने बताए । उनले बिचमा भ्याकुम खारेर प्रधानमन्त्रीले कुर्सी नछाड्ने बताए । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने विषयमा भने सहमति भएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै खनालले मधेसी मोर्चाले राखेको माग, दोस्रो चरणको चुनावका विषयमा देखिएका केही अस्पष्टता प्रष्ट भएपछि सरकार छाड्ने बताए । गत साउन १९ गते प्रधानमन्त्री नियुक्त दाहालले साढे ९ महिनापछि कांग्रेससँग भएको सहमति पालना गर्दै यही गठबन्धनलाई निरन्तरता दिन चाहेका हुन् । कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन निर्माणकै बेला आलोपालो सरकारको नेतृत्व लिने लिखित समझदारी थियो ।

सार्वजनिक नगरिएको ५ बुँदे उक्त समझदारीको ३ नम्बर बुँदामा आलोपालो सरकारको नेतृत्वबारे उल्लेख छ, जसमा दाहालले चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछिको चरणमा कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिने भन्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot