Logo

रेणुको मत बढ्यो, ज्ञवाली खुम्चिदै



काठमाडौं ५ जेठ । सबैको चासो बनेको चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार रेणु दाहालको मत बढेको छ । फराकिलो अग्रता बनाएका एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रतालाई माओवादी केन्द्रकी रेणु दाहालले खुम्च्याउँदै लगेकी छन् ।

बिहान ७ बजेसम्म देवीले ११ हजार ५ सय ८४ मत ल्याउँदा रेणु दाहाल ११ हजार १ सय ४१ मतका साथ उनलाई पछ्याइरहेकी छन् । रेणुको बलियो मत भएको ठाउँमा गन्न बाँकी रहेकाले उनी अगाडी जाने कांग्रेस माओवादी केन्द्रको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot