Logo

एमाले अग्रता कायमै कांग्रेस पछ्याउँदै



काठमाडौं ५ जेठ । स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले आफ्नो अग्रता कायम गरेको छ। एमालेलाई संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले पच्छ्याइरहेको छ। स्थानीय तहको मतगणनाको परिणाम आउने क्रम जारी छ । वैशाख ३१ गते आइतबार सम्पन्न २ सय ८३ स्थानीय तहमध्ये अहिलेसम्म २ सय २० भन्दा बढी स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक परिणामअनुसार एमालेले आफ्नो अग्रता कायम राखेको छ भने नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो परिणामअनुसार एमालेले २७ नगरपालिका सहित ९३ स्थानमा विजयी हासिल गरेको छ भने ३२ स्थानमा अग्रता कायम राखेको छ ।

यस्तै, नेपाली काँग्रेसले अहिलेसम्म ८७ स्थानमा जित हासिल गरेको छ भने २७ स्थानमा अगाडि छ । माओवादी केन्द्रले भने अहिलेसम्म ४२ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अग्रता कायम राखेको छ । तीन स्वतन्त्रसहित नयाँ शक्ति, राप्रपा र राष्ट्रिय जनमोचाले एक एक स्थानमा जिेतका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot