Logo

विजेताको नाम फरक फरेपछि…



काठमाडौं ६ जेठ । वडा सदस्य निर्वाचित भएको भन्दै  विजयोत्सव र भोज गरेका दुई व्यक्तिको खुसी एक दिन पनि टिक्न पाएन । आजको कान्तिपुरमा यो खबर छ ।

भेरी र त्रिवेण्नी नलगाड नगरपालिकाको वडा सदस्यमा उनीहरुको नाम भुलवस पर्न गएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले नयाँ नाम घोषणा गरेको छ ।

बुधबार भेरी नगरपालिका २ को खुला वडा सदस्यमा माओवादी कोन्द्रका बलराम ओली विजयी घोषित भएका थिए । तर त्यसको भोलीपल्टै मत संख्या जोड्दा गल्ती भएको चन्दै कार्यलयले माओवादीकै पूर्णबहादुर खत्रीलाई विजयी घोषित गर्यो । खत्री भन्दा ओली २ मतले पछि रहेछन् ।



प्रतिक्रिया दिनुहोस्