काठमाडौं ७ जेठ । मुलुकका प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने देशका २ सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ ।
स्थानीय निकायका चुनाव भएको स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय जनसरकारका रुपमा जनपरिषद् घोषणा गरिएको हो । अहिलेसम्म २ सयवटा स्थानमा जनपरिषद् घोषणा भएको सो पार्टीको उच्च स्रोतले जानकारी दिएको छ ।
जनपरिषद्ले स्थानीय निकायको भूमिका निर्वाह गर्ने नाम नभन्ने सर्तमा सो पार्टीका एक नेताले बताएको खबर नेपाल समाचारपत्रले लेखेको छ ।