Logo

ठगी गर्नेलाई पीडितले पक्रेर दिल्लीबाट ल्याए



काठमाडौं ८ जेठ ।

‘तपाईंलाई रकम अपुग भयोजस्तो छ । हामी थप ६ लाख रुपैयाँ दिन तयार छौं,’ तिङ्ला–९, सोलुखुम्बुका फुर्वा शेर्पाले डा. धनपति महतोलाई भाइबरमा सन्देश पठाए, ‘बुबाले पैसा पठाइदिनुभयो, कहाँ भेटेर थप रकम दिनुपर्ने हो ?’

फुर्वासहित ७ जना युवा दिल्लीमा मार्च २० देखि होटलमा बसिरहेका थिए । धनुषाका महतो उनीहरूसँग प्रतिव्यक्ति ९ लाख रुपैयाँ लिएर दिल्लीमै सम्पर्कविहीन भएर बसेका थिए । शेर्पाहरूले आफूहरू ठगिएको महसुस गरेपछि उनलाई समात्न थप रकम दिन तयार भएको भाइबर सन्देश पठाएका थिए ।

महतो दक्षिण कोरिया, क्यानडा, अस्ट्रेलिया, रुसलगायत देशमा जाने युवाहरूलाई दिल्लीमा बसेर ठगी गर्थे । उनीविरुद्ध वैदेशिक रोजगार विभागमा दर्जनौं परेका थिए । फुर्वाको टोलीलाई पनि उनैले दक्षिण कोरिया लैजान्छु भन्दै दिल्लीमा झुलाएर राखेका थिए । एउटा पीडितले फेसबुकमा उनीविरुद्ध विभागले जारी गरेको पक्राउ पुर्जी र फोटो हालेको पोस्ट उनीहरूले फेला परेपछि पक्राउ गरेर नेपाल लैजाने योजना बनाएका थिए उनीहरूले ।

फुर्वाको म्यासेज हेर्नासाथ धनपतिले तुरुन्तै दिल्लीको न्यु फ्रेन्ड्स कोलनी (एनएफसी) मा भेट्न बोलाए, ‘तिमीहरू सबै नआऊ । शंका हुन्छ । तीन जना मात्रै आउनू ।’ सोलुखुम्बुका फुर्वाछिरी शेर्पा, फुर्वा शेर्पा, आङफुरी शेर्पा, पेम्बा शेर्पा र दोलखाका साजन खडका दुईवटा टेम्पो चढेर गए । तीन जना कोलनीमा छिरे । तीन जना टेम्पोमै बसिरहे ।

पीडितले पक्राउ गरी ल्याएका धनपति महतो (बायाँ) र दुई जना फरार आरोपी ।

‘तपाईंले हामीलाई भोलि–भोलि भन्दै झुक्याउनुभयो । साथीहरू सबै तनाबमा छन् । हामीसँग लिएको रकमको कागज बनाउनुपर्‍यो । त्यसपछि मात्रै छाडिदिन्छु,’ छिरीले आवेगमा नआई भने, ‘जाऔं हाम्रो होटलमा । त्यहाँ कागजात बनाऔं । अनि छाडिदिन्छौं ।’

महतोले यसलाई सामान्य रूपमा लिए । दिल्लीमा कागज बनाइदिन उनलाई गाह्रो थिएन । उनीहरूलाई राखिएको होटलमा पुगेर सबैका लागि छुट्टाछुट्टै कागजात बनाइदिए । त्यसपछि आङफुरीले अर्को सर्त राखे, ‘अब तपार्इं हामीसँग नेपाल जानुपर्छ । नेपाल गएर हाम्रो सबै रकम दिनुहोला । त्यसपछि दिल्लीमा आएर आफ्नो काम गर्नुहोला ।’  कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्