Logo

ललितपुरका कांग्रेस विजयी, चिरिबाबु बने मेयर



काठमाडौं १० जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका चिरीबाबु महर्जन मेयर पदमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३ सय २६ मतको फरकले पछि पार्दै ललितपुर
महानगरपालिकाको मेयर बन्न सफल भएका छन् ।

मंगलबार राति साढे १ बजे घोषणा गरिएको अन्तिम मतपरिणमको नतिजाअनुसार महर्जनले २४ हजार ६ सय ४२ मत पाए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत छ ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९ हजार २३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४ हजार ४३३ मत पाएकी छन्। कांग्रेसले राती नै विजयी जुलुस निकालेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot