Logo

प्रचण्डलाई प्रधानमन्त्रीमा राख्नेगरि ओलीका तीन गोप्य प्रस्ताव



काठमाडौं १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष चारवटा तीनवटा प्रस्ताव राखेका छन् । सरकार लम्ब्याउने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरि ओलीले प्रस्ताव राखेका हुन् । कांग्रेसका सभापति शेरबहादुर देउवालाई रोकेर गठबनधन भत्काउने र प्रचण्डलाई प्रधानमन्त्रीमा कायम राख्नेगरि ओलीले खेल सुरु गरेका छन् । त्यस क्रममा मंगलबार तीनवटा गोप्य प्रस्ताव राखेको स्रोतले जनाएको छ । पहिलो तीनवटै चुनाव प्रचण्डले गराउने र एमालेसँगको सहकार्यमा नयाँ सरकार गठन गर्ने, दोस्रो असोजसम्म प्रचण्ड प्रधानमन्त्री रहेर तीन महिना एमाले नेतृत्वमा सरकार बनाउने र वामदेवलाई प्रधानमन्त्रीमा चयन गर्ने तेस्रो एमाले बाहिर बस्ने सरकारलाई समर्थन गर्ने तर कांग्रेससँष्गको गठबनधन तोड्नुपर्ने । यी तीनवटा प्रस्तावमा प्रचण्ड र ओलीबचि गोप्य छलफल सुरु भएको छ ।

प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओली उनलाई उनलाई रोक्न र दाहाललाई राखिराख्न त्यति नै तल्लिन देखिन्छन् । बुधबार एमालेले संसद चल्न नदिनुका पछि आवरणमा स्थानीय तहको संख्या थप गर्ने निर्णय भएपनि भित्री पाटो सत्ताको रस्साकस्सी नै मुख्य कारण देखिएको छ । ‘एमाले दोस्रो चरणको चुनावअघि सरकार बदल्नु उचित नहुने भन्दै देउवा रोक्ने चाहनामा छ, तीनवटा गोप्य प्रस्ताव पनि आएको छ ’ एक माओवादी केन्द्रका नेताले भने । वर्तमान कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्काएर एमाले गठबन्धनमा सरकार बनाउन सकिन्छ कि भन्ने उद्देश्य एमालेको रहेको छ। संसदीइ राजनीतिमा यसलाई स्वभाविक मान्नुपर्ने एक एमाले नेताले पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot