Logo

दोस्रो चरण निर्वाचन सार्न दाहालको प्रस्ताव



काठमाडौं ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगसंग प्रस्ताव गरेका छन् । प्रधानमन्त्री दाहालले बुधबार राजीनामा घोषण गर्नु अघि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव, निर्वाचन आयुक्त ईला सर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहसंगको भेटमा दोस्रो चरण निर्वाचन मिति असार पहिलो या दोस्रो साता सार्न प्रस्ताव गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, र रामबहादुर थापा समेतको उपस्थितीमा निर्वाचन आयोगको पदाधिकारीहरु संग भएको घेटमा प्रधानमन्त्री दाहालले निर्वाचन मिति सार्न र निर्वाचन ऐन संशोधन गरेर खुकुलो बनाउन प्रस्ताव गरेका हुन्, यो खबर आजको नागरिक दैनिकमा छ



प्रतिक्रिया दिनुहोस्