Logo

ओलीले सोधेका प्रश्नको जवाफ यसरी दिए प्रचण्डले



काठमाडौं ११ जेठ । म प्रधानमन्त्रीको उम्मेदवार हुँदा एकथरि साथीहरू (एमाले)ले संसद्मा मलाई उत्तेजनापूर्वक सोध्नुभएको थियो, ‘फास्ट ट्र्याक के हुन्छ ? ओबिओआर के हुन्छ ? हुलाकीमार्ग के हुन्छ ?’ ती प्रश्न गलत थिएनन् । तर, सोध्नेहरूको नियत सही थिएन । त्यो प्रश्नमा अविश्वास थियो, चुनौती थियो । आफैँमाथि विश्वास नभएपछि मान्छेलाई अरूमाथि पनि विश्वास नहुँदो रहेछ ।

फास्ट ट्र्याकका विषयमा त सरकारमाथि नियोजित दुस्प्रचारको अभियान नै चलाइयो । आज म जवाफ दिँदै छु, अहिलेसम्म केवल राजनीतिक दाउपेचको विषय भएको र कसैले खास प्राथमिकतामा नपारेको फास्ट ट्र्याक अब बन्ने ग्यारेन्टी भयो । राजधानी र तराईबीचको दु्रतमार्ग अब सुनिश्चित भयो । केही दिनमै म त्यसको शिलान्यास गर्दै छु र सेनाले बनाउँदै छ ।

मधेसको समग्र अर्थतन्त्र र जनजीवन नै बदल्ने दूरगामी महत्वको हुलाकीमार्ग पनि अहिले तीव्र गतिमा बनिरहेको छ । मैले भारतका प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमै प्राथमिकताका साथ उठाएपछि नै हुलाकीमार्ग निर्माणले तीव्रता पाएको हो । अब मधेसको आर्थिक र सामाजिक जीवनमा कायापलट हुँदै छ । काकाकुल राजधानीले वर्षौँदेखि देखेको मेलम्चीको पानीको सपना दसैँअघि नै पूरा हुने भएको छ ।आजको नयाँ पत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot