Logo

नेपाली राजनीतिमा भद्र सहमतिको शृंखला पालना



काठमाडौं ११ जेठ ।

१. गिरिजा–प्रचण्ड भद्र सहमति
०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनअघि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच कोइरालालाई राष्ट्रपति बनाउने भद्र सहमति भएको थियो । निर्वाचनपछि माओवादी पहिलो शक्तिकेन्द्र बन्यो । कोइरालाले प्रचण्डलाई लामो समय सरकार गठनको बाटो खोलिदिएनन् । प्रचण्डले त्यसवेला कोइरालालाई राष्ट्रपति स्विकारेनन् । सहमति कार्यान्वयन नगरेर कमजोरी भएको टिप्पणी प्रचण्डले सार्वजनिक रूपमै गर्दै आएका छन् ।

२. झलनाथ–प्रचण्ड भद्र सहमति
माधव नेपाल नेतृत्वको सरकार ढलेपछि माओवादीको समर्थनमा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा नयाँ सरकार बन्यो । माओवादी अध्यक्ष प्रचण्डकै शब्दमा त्यसवेला खनाललाई ‘छापामार शैली’मा प्रधानमन्त्री बनाइएको थियो ।

२३ माघ ०६७ मा खनालले सरकारको नेतृत्व सम्हाल्दै गर्दा ६ महिनापछि उनले माओवादीलाई सरकारको नेतृत्व छोडने भद्र सहमति वनेको थियो । तर, सो सहमति पालना नभएपछि सातै महिनामा खनाल सरकार ढल्यो । त्यसपछि १२ भदौं, २०६८ मा वावुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएको थियो ।

 ३. शुसिल, प्रचण्ड– ओली भद्र सहमति
संविधान जारी गर्ने बेला प्रमखु तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका मुख्य तीन नेताका वीच एक खालको सहमति वनेको थियो । संविधान जारी गरेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री, कांग्रेसका तात्कालिन सभापति शुसिल कोइराला राष्टपति र माओवादीलाई सभामुख वनाउने गरि भद्र सहमति थियो । तर , शुसिल कोइरालाले सहमतिय सरकार निर्माणमा असहयोग गदै आफै प्रधानमन्त्रीको उम्मेदवार वन्न आए । त्यसवेला भएको भद्र सहमति पनि तोडिएको नेताहरुले सार्वजनिक अभिब्यक्ति दिदै आएका छन् ।आजको नयाँ पत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot