Logo

राष्ट्रपति/उपराष्ट्रपतिकै छोराछोरी सुशोभित



काठमाडौं १३ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका परिवाररका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् ।

राष्ट्रपति निवासमा आयोजित समारोहमा भण्डारीले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न विभूषण प्रदान गरिन् ।

सो विभूषण भण्डारीका छोरीद्वय उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीले ग्रहण गरे । आजको नागरिकमा खबर छ ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुनलाई जनसेवाश्री पदकले विभूषित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्