Logo

निर्वाचन धाँधली समिति गठन



काठमाडौं १४ जेठ । तीन दलको सहमतिअनुसार संसद्ले स्थानीय तह निर्वाचनमा भएको धाँधलीको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

संविधानसभा निर्वाचनमा भएको धाँधलीबारे छानबिन गर्न सद्भावनाका लक्ष्मणलाल कर्ण संयोजकत्वको समितिले प्रतिवेदन नबुझाउँदै संसद्को शनिबारको बैठकले अर्को छानबिन समिति गठन गरेको हो ।

प्रमुख विपक्षी एमालेले दोलखा, धादिङलगायत जिल्लामा सरकारको संरक्षणमा धाँधली भएको भन्दै छानबिन समितिको माग गरेको थियो । समितिमा कांग्रेसका अर्जुनप्रसाद जोशी, एमालेका राजेन्द्रप्रसाद पाण्डे, माओवादी केन्द्रका रामनारायण विडारी, राप्रपाका भाष्कर भद्रा र फोरम लोकतान्त्रिकका सुवोधकुमार पोखरेल सदस्य हुनुहुन्छ ।

समितिलाई तीन महिनाको समय तोकिएको छ । यो खबर आजको अन्नपुर्णमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot