![](https://reportersnepal.com/wp-content/uploads/2017/05/UML-Chair-KP-Sharma-Oli-900x600.jpg)
काठमाडौं १६ जेठ । एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको खबर आजको नागरिकमा छ । कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो ।