Logo

महाअभियोग प्रस्ताव फिर्ता नभएको प्रस्तावक सांसदको दावी



काठमाडौं १८ जेठ । सत्तारूढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिएको तीनदिनमै प्रस्ताव दर्ता गरेका सांसदले फिर्ता नलिएको बताएका छन् । कांग्रेसका न्ेता सांसद मीनबहादुर विश्वकर्माले प्रस्ताव फिर्ता नलिएको बताएका छन् । उनले जुनसुकै बेला फिर्ता महाअभियोगको प्रस्ताव अघि बढ्ने सक्ने बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै विश्वकर्माले राजनीति गतिरोधलाई अघि बढाउन स्थगन गरेको तर लाउन नसक्नेगरि फिर्ता नलिएको बताए ।

महाअभियोग प्रस्ताव फिर्ता लिने, २२ स्थानीय तह सर्वोच्चको आदेशबमाजिम बदर गर्ने, धाँधली छानबिन समिति गठन गर्नेलगायत विषयमा यसअघि सहमति भएको थियो । सहमतिसँगै एमालेले सदनको अवरोध हटाएको थियो । आइतबार प्रस्तावक र समर्थकले महाअभियोग फिर्ता गरेको कारणसहितको पत्र सभामुखलाई दिएका थिए । विश्वकर्मा महाअभियोग प्रस्तावका प्रस्तावक हुन । प्रधानन्यायाधीश कार्कीविरुद्ध सत्तारूढ माओवादी केन्द्र र कांग्रेसका २ सय ४९ जना सांसदले गत १७ वैशाखमा व्यस्थापिका संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

पप्रस्ताव कांग्रेसका सांसद विश्वकर्माले प्रधानन्यायधीश कार्कीले यसअघिको जस्तो अभ्यास गर्न खोजे फेरि विताउने चेतावनी दिए । संविधान र कानुनको गम्भीर उल्लंघन गरेको भन्दै ११ ओटा अभियोगसहित महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो । सो प्रस्तावमा कांग्रेसका १ सय ६९ सांसद र माओवादीका ६० सांसदले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए ।

सर्वोच्च अदालतले गत २२ वैशाखमा प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग कार्यान्वयन नगर्न आदेश दिएपछि उनी नियमित काममा फर्किएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot