Logo

देउवालाई स्पष्ट बहुमत



काठमाडौं १९ जेठ ।
राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकारका लागि दिएको समय सीमा सकिएसगै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न गृहकार्य सुरु भएको छ । माओवादी केन्द्रसग पुर्वसहमतिअनुसार अब प्रधानमन्त्री उम्मेदवारका रुपमा हेरिएका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास थालेका छन् । संसदमा ५९३ सदस्य संख्या हाल रहेकामा देउवाको पक्षमा बहुमत पुग्ने देखिन्छ । देउवाको उम्मेदवारी हालसम्म घोषणा भने भइसकेको छैन ।

देउवासग कांग्रेसको २०७, माओवादीको ८२, लोकतान्त्रिक फोरमको १७ मात्रै प्राप्त भए पनि ३०६ पुग्छ । बहुमतका लागि २ सय ९७ सांसदको मत प्राप्त गर्नु पर्याप्त हुन्छ । ३७ सिट रहेको राप्रपाले हालसम्म मुख खोलेको छैन ।

यसअघिका दुई प्धानमन्त्री चुनावमा कांग्रेसले अघि सारेका उम्मेदवारलाई सघाउदै आएको राजपाले भने ‘पर्ख र हेर’ को नीति लिने भएको छ । राजपा नेता महन्थ ठाकुरले अहिलेसम्म देउवा उम्मेदवारका रुपमा खडा नै भइनसकेको ठट्टा गर्दै त्यसबारेमा कुरा भइनसकेको बताए ।

‘हामीले भोट नहाले पनि उहालाई बहुमत छदैछ, हाम्रो आवश्यकता नपर्ला,’ ठाकुरले भने, ‘हामीसग पहिले भएको तीनबुदे सहमति कार्यान्वयन भएको छैन । सरकारले आफ्नातर्फबाट गर्नुपर्ने काम गरेमा समर्थन हुन सक्छ, अन्यथा सोच्नुपर्ने हून्छ ।’

देउवाले तीन दिनअघि बोलाएको सर्वदलीय बैठकमा राजपाबाट गएका नेता लक्ष्मणलाल कर्णले भने तीनबुदे कार्यान्वयन नै देउवालाई समर्थनको शर्त रहेको बताए । ‘पार्टीले यस्तो निर्णय गरिसकेको त छैन, तर अहिलेकै अवस्थामा समर्थनको औचित्य छैन,’ कर्णले भने ।

प्रतिपक्षी एमाले भने देउवाले डाकेको बैठकमा गएन । उसले देउवाको उम्मेदवारी विरुद्धमा मत माग्ने रणनीति बनाए पनि उम्मेदवार उठाउने/नउठाउने निर्णय गरिसकेको छैन । संसदमा एमालेले गर्दै आएको अवरोधका कारण प्रधानमन्त्री चुनावको प्रक्रिया भने अन्यौलमा परेको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot