Logo

भरतपुर घटनाका विषयमा के आउला निर्वाचन आयोगको निर्णय ?



काठमाडौं २० जेठ । दास्रो चरणको निर्वाचन आउन लाग्दा पनि मतगणना नसकिएको चितवनको भरतपुर महानगरमा सबैको चासो छ । मतगणना नै रोकिएपछि झन चासो बढेको छ । फेरि मतदान वा मतगणना निर्णय के आउला ? निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिको मतगणनाका विषयमा आज निर्णय गर्ने भएको छ । आज निर्वाचन आयोगका आयुक्तहरुको विषेश बैठक बसेर निर्णय गर्ने प्रमुख निर्वाचन आयाुक्त अयोधी प्रसाद यादवले जानकारी दिए । चितवन महानगरको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न परिस्थितिको आज बेलुकासम्म निरुपण हुने र त्यस अनुसार आयोग छलफलमा रहेको उनले बताए ।

‘नष्ट भएका मतपत्रलाई कसरी व्यवस्थापन गर्ने, मत गणना गर्ने की पुनः निर्वाचन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ; उनले भने विभिन्न कोणबाट छलफल भए पनि निचोडमा पुग्न बाँकीछ । आज बैठक बसेर निर्णय हुन्छ । ’ कांग्रेस र माओवादीले फेरि मतदान गर्नुपर्ने माग गरेका छन् भने एमालेले मतदान होइन मतगणना हुनुपर्छ भनिरहेको छ । एमालेले संसद पनि चल्न दिएको छैन ।



प्रतिक्रिया दिनुहोस्