Logo

प्रधानमन्त्री चुन्न आज निर्वाचन, एमाले अवरोधले अन्यौल



काठमाडौं २१ जेठ । प्रमुख प्रतिपक्षी एमालेले अवरोध हटाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज संसद्बाट चौथोपटक प्रधानमन्त्री निर्वाचत हुनेछन् । तर एमालेले निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा फेरि मतदान गर्ने निर्णयको विरोधमा संसद चल्न नदिने बताएको छ

। एमालेले अवरोधले अन्यौल बढाएको छ । कामचलाउ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र कांग्रेसनेता रामचन्द्र पौडेल, नेपाल लोकतानित्रक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंहलाई समर्थक राखेर देउवाले शनिबार प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार संसद्ले प्रधानमन्त्री चुन्ने कार्यक्रम छ ।

नयाँ प्रधानमन्त्रीका लागि बहालवाला प्रधानमन्त्री प्रस्तावक बसेको नेपालको इतिहासमा पहिलोपटक हो । बहुमतबाट प्रधानमन्त्रीमा निर्वा्चित हुन २ सय ९७ सांसदको समर्थन चाहिन्छ । वर्तमान सत्ता गठबन्धनसँग ३ सय ११ सांसद्को समर्थन रहेको निधिको दाबी छ । नयाँ प्रधानमन्त्री चुन्न आइतबार बिहान ११ बजे संसद् बैठक डाकिएको छ ।

बैठक सञ्चालनमा कुनै बाधा नआए सोही बैठकले देउवालाई मुलुकको ४०औं प्रधानमन्त्री निर्वा्िचत गर्ने निश्चितजस्तै छ । प्रधानमन्त्री चयन भएपछि देउवाले सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । शपथकै दिन कांग्रेससहित सत्तासाझेदार दलका केही नेतालाई देउवाले सरकारमा सहभागी गराउने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot