Logo

प्रमुख तीन दलवीच चार वुँदे सहमति, शीर्ष नेताले भोलि सदनमा सम्बोधन गर्ने



काठमाडौं, २२ जेठ । प्रमुख दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीच बैठकमा संसद सूचारु गर्ने, दोस्रो चरणको निर्वाचन लगायतका विषयमा चार बुँदे सहमति भएको छ ।

सोमबार सिंहदरबारस्थित् व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको बैठकमा भोलि दिउँसो १ बजेको लागि तय भएको संसद बैठकमा प्रमुख दलका शीर्ष नेताहरुकोवीचमा चार बुँदे सहमति भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

रावलका अनुसार उक्त चार वुँदे सहमतिमा यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको सुनिश्चितता र निर्वाचन स्वतन्त्र, धाँधलीरहित, निश्पक्ष गर्ने सहमति भएको छ । त्यस्तै ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले प्रदेश र केन्द्रिय संसदको निर्वाचन कार्तिक मंसिरभित्रै सम्पन्न गर्ने पनि सहमति भएको छ ।

त्यस्तै पहिलो चरणको निर्वाचनमा भएकाजस्तै धाँधली लगायतका घट्नाहरु दोहोरिन नदिनेपनि सहमति भएको छ। र चुनावमा धाँधली भएकोबारे छानविन गर्न गठित संसदीय समितिले तयार पारेको प्रतिवेदन कार्यान्व्यन गर्ने सहमति भएको छ।
भोलि बस्ने संसद बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले विरोध नगर्ने भएपछि तीन दलवीच सहमति भएको हो ।

बैठकपछि बाहिरिने क्रममा पत्रकारसँग बोल्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने,‘प्रमुख प्रतिपक्षी दलले भोलि सदन अवरोध नगर्ने भनेपछि सहमति भयो, उहाँहरुलेपनि बैठकमा भाग लिनुहुन्छ।’

भोलि मंगलबार दिउँसो १ बजे बस्ने संसद बैठकमा पहिलो चरणमा तीन दलका अध्यक्षहरुले सम्बोधन गर्ने पनि आजको बैठकमा सहमति भएको छ । त्यस्तै सदनको दोस्रो चरणको बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने सहमति भएको छ। यद्धपी आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित् थिएनन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot