Logo

दोस्रो चरणमा ९० लाख बढी मतदाता



काठमाडौं २३ जेठ । स्थानीय तह दोस्रो चरणको निर्वाचन असार १४ मा घोषित छ । यसअघि घोषित जेठ ३१ कै मितिका लागि काम थालेकाले निर्वाचन आयोगले दोस्रो चरणको तयारी करीब करिब पूरा गरिसकेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणमा हुने ४६१ वटै स्थानीय तहमा निर्वाचन अधिकृतहरु खटिसकिएको बताए । ‘निर्वाचन अधिकृत खटिसकिएको छ, सबै निर्वाचन सामग्रीहरु जिल्लामा पठाइसकिएको छ,’ उनले भने ‘मतदाता शिक्षाका लागि प्रत्येक घरमा पुग्ने गरी स्वयंसेवक खटाइएको छ ।’ उनले पहिलो चरणभन्दा दोस्रो चरणमा मतदाता शिक्षामा सुधार गरी स्वयंसेवकलाई घर घर पुगेको प्रमाण ल्याउन निर्देश गरिएको बताए ।

प्रदेश नम्बर १, २, ५ र ७ को ४३ जिल्ला(नवलपरासी र रुकुमको केही भाग समेत) मा निर्वाचन हुन लागेको हो । तराईका चितवन बाहेकको १९ जिल्ला दोस्रो चरणमै परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot