Logo

साहसी न्यायमूर्तिको अवकाश



काठमाडौं २४ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीले ६५ वर्षे उमेरहदका कारण मंगलबार पदबाट अवकाश लिएकी छन् । तीन महिना कायममुकायमसहित करिव १४ महिना उनी सर्वोच्च न्यायिक निकायको अगुवाइ गर्दै आफ्नो पुरानै स्वभाव र लयमा हिँडिरहिन् । मंगलबार पहिलो सत्रमै सहकर्मी र कर्मचारीहरुसँग बिदाबारी भई उनी सामान्य ढंगले सर्वोच्च अदालतबाट बाहिरिइन् ।

कार्कीको कार्यकाल नेपालको न्यायिक इतिहासमा दुई ‘पहिलो’ घटनाका रुपमा अभिलेख भयो । महिला प्रधानन्यायाधीश र महाअभियोग प्रयासबाट पीडित प्रधानन्यायाधीश ।

पूर्ण प्रधानन्यायाधीशको ११ महिने कार्यकालमा आफ्नो दृढता, खरो स्वभाव र इमानदारीमाथिको निष्ठामा कायम रहिन् । तर केही विषयमा भने उनको भूमिका विवादमुक्त रहन सकेन ।

कार्कीले आफ्नो कार्यकालमा भ्रष्टाचारसम्बन्धी मुद्दाहरुलाई प्राथमिकतामा राखिन् । सुडान घोटालाको न्याय निरुपणमा उनी प्रत्यक्ष संलग्न थिइन् भने नेपाल बैंक अनियमितता र एलसी प्रकरणका मुद्दाहरु उनकै नेतृत्वको कार्यकालमा किनारा लागे । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्