Logo

श्रीमानले अनुहारमा तातो तेल खन्याए



काठमाडौं २६ जेठ । दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो ।कराईमा तेल तात्दै थियो, म प्याज काट्दै थिँए । श्रीमानले एक्कासि तातो तेल अनुहारमा खनाईदियो ।

दोलखा स्थित वैत्यश्वर गाउँपालिका ६ नाम्दुकी उर्मिला तामाङले काठमाडौंस्थित टिचिङ अस्पतालको प्लाष्टिक सर्जरी ३७ नम्बर शय्याबाट फोनमार्फत भनिन् । तेल अनुहारभरी परेपछि आँखा नै नदेख्नेगरी जलन भएर भाग्दा पनि श्रीमान कुमार तामाङले तँलाई आगो लगाउँँछु भन्दै लखेटेपछि हारगुहार गरे, ३४ बर्षिया उर्मिलाले रुदै भिनिन् । घट्ना हुनेवित्तिकै प्रहरी पुग्दा आरोपी ३९ बर्षीय कुमार फरार भएको दोलखा प्रहरीका सुचना अधिकारी प्रेमसागर केसीले बताए । कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot