Logo

राजपा नेतालाई उपेन्द्र यादवका कडा टिप्पणी



काठमाडौं २९ जेठ ।
संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावलाई युद्धको संज्ञा दिंदै त्यसबाट भाग्नु कायरता भएको बताएका छन् । मधुवनगोठमा आइतबार सभा र पार्टी प्रवेशको कार्यक्रममा यादवले चुनाव पनि अधिकार प्राप्तीको आन्दोलन कै हिस्सा भएको बताए । मधेसलाई अधिकार सम्पन्न बनाउन खोज्दा बुलेटले रोक्न खोज्ने राज्यलाई ब्यालेटवाट जवाफ दिन खोजिएको उनले प्रष्ट्याए ।

चुनावमा जाँदा अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा हुने उल्लेख गर्दै त्यसका लागि पनि आफ्नो पार्टी चुनावमा होमिएको उनले बताए । महिला, अल्पसंख्यक, मधेसी, जनजाती, दलित माथी भेदभाव कायम रहेको भन्दै उनले त्यस विरुद्धको लडाई भने जारी रहेको स्पष्ट पारे । ‘अधिकारको आन्दोलन कायम छ,’ उनले भने, ‘चुनावपछि पनि हाम्रो आन्दोलन जारी रहन्छ ।’

चुनावको पक्षमा रहका यादव आउने भएपछि मधेसकै अर्काे शक्ति राष्ट्रिय जनता पार्टी नेपालले त्यसको विरोध गर्दै अवरोध सृजना गरेको छ । यादव कार्यक्रमस्थल पुग्ने सबै बाटोमा राजपाका कार्यकर्ताले अवरोध राखेका थिए । कार्यक्रमस्थल पस्ने चारवटा बाटोमा ट्याक्टर तेस्र्याएर अवरोध राखिएको थियो । प्रहरी स्कर्टीङमा अपान्ह करिब ४ बजे यादव कार्यक्रमस्थल पुगेका थिए । उनी पुग्ने बित्तिकै राजपाका कार्यकर्ता कालो झण्डा लिएर नारावाजी गर्दै मन्च नजिक जान थालेपछि केहीबेर प्रहरीसंग झडप भएको थियो ।

राजपा र संघिय समाजवादीका कार्यकर्ताबीच झडप हुनसक्ने संभावनालाई ध्यानमा राख्दै कार्यक्रमस्थल आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । राजपाको चर्काे विरोध खेप्दै कार्यक्रममा पुगेका यादवले श्रीमती, सम्धिनी र आफन्तलाई समानुपातिकमा सांसद बनाउने नेताका गुटको विरोधको कुनै अर्थ नरहेको भन्दै राजपाको चर्काे आलोचना गरे ।

‘हामी मधेसको अधिकारका लागि आन्दोलनमा हुँदा सत्तामा बस्नेहरु अहिले मधेसको अधिकारका लागि भन्दै चर्काे भाषणा गरिरहेका छन,’ उनले भने, ‘चुनावमा नचएर फेरी जनतालाई गुमराह पार्ने काम भएको छ ।’

अधिकांस समय सत्तामा बस्ने राजपाका नेताले कहिल्यै जनताको पक्षमा काम नगरेको उनले बताए । चुनावको बिरोधमा रहेको राजपाले मधेसी जनताको भावना विपरित चुनावमा गएको भन्दै फोरमको कार्यक्रम बिथोल्न बिहानै देखि विरोध गरेको थियो । यादवको पुतला बनाई राजपा कार्यकर्ताले ठाउँ ठाउँमा राखेका थिए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot