Logo

राजपालाई मनाउने अन्तिम कसरतमा सत्तासिन दल, नमाने पेलेर अघि बढ्ने



काठमाडौं २९ जेठ । सरकारसँग असन्तुष्ट रहेको राजपालाई चुनावमा सहभागिता गराउने विषयमा सरकारले आन्तरिक छलफल गर्दैछ । सत्तासिन नेपाली कांग्रेस र माओवादी केन्दैले आज आन्तरिक छलफल गरेपछि फेरि राजपाका नेतासँग छलफल गर्ने तयारी गरेका छन् । नमाने स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई सफल बनाउन सरकारले रणनीति रुपमा अगाडी बढ्ने भएको छ । राजनीतिक छलफल, सुरक्षा तयारीलाई एकै साथ अगाडी लैजाने सरकारले तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा, सरकारले राजपालाई तत्काल निर्वाचनमा सहभागी बनाउन आवश्यक कानुनको संशोधन गर्ने वचनबद्धता भने प्रकट गरेको थियो । राजपा नेपालले भने सत्ता पक्षले आफ्ना राजनीतिक माग पूरा नगरेको भन्दै आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी हुन नसक्ने जनाएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले तत्काल संविधान संशोधन, जनसङख्याको आधारमा स्थानीय तहको सङख्या वृद्धि र तराई–मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता नभए निर्वाचनमा जान नसकिने बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीले आमहड्ताल सहितका आन्दोलनका कार्यक्रम हिजो घोषणा गरेको छ । र



प्रतिक्रिया दिनुहोस्

Screenshot