Logo

संसद् सचिवालयमा बेथिति : राज्यलाई अनावश्यक करोडौं भार



काठमाडौं ३१ जेठ । ब्यवस्थापिका संसद् सचिवालयले आफुसंग भएका सद्दे वारी साधन विग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौँ रुपयौको भार परेको छ । सचिवालय परिसरमा सयभन्दा बढि सवारी साधन त्यतिकै चन्काएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि विग्रिएका भन्दै प्रयोग नगरेको हो ।

लामो समयदेखि प्रयोग नगरी थन्काएर राख्दा केही गाडी र्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । आफुसंग भएका गाडी प्रयोगमा ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो, यो खबर आजको नागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्